०३ असार २०८३, बुधबार

यसकारण नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून

असोज ३, २०७५
यसकारण नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून

बाँके–नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । 

बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले नदेखिएको हो । 

“अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भने ।  

बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिए । ही समयअघि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले छ महिनाभित्र नेपालगञ्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गरेका थिए । 

निर्देशक ठाकुरले भने, “कुनै पनि जहाज उड्नुभन्दा पहिले सम्बन्धित एयरपोर्टमा स्लट  माग गर्नुपर्छ, दिल्ली एयरपोर्टले रातीको समयमा त्यो समय उपलब्ध हुने बताएको छ, तर नेपालगञ्जबाट राति जहाज उड्ने सम्भावना अहिले छैन ।” 


अन्तर्राष्ट्रिय मान्यताअनुसार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा डोमेस्टिक एयरका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने र त्यो तयार गर्न एक वर्ष लाग्ने पनि उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्