३० असार २०८३, मंगलबार

एसिड पीडित परिवारलाई थप राहत दिने प्रदेश २ सरकारकाे घोषणा

एसिड पीडित परिवारलाई थप राहत दिने प्रदेश २ सरकारकाे घोषणा
सन्दर्भ तस्वीर

जनकपुरधाम-प्रदेश नंं २ को सरकारले एसिड आक्रमणबाट मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले उक्त घोषणा गर्नुभएको हो । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट थप रु तीन लाख रकम दिने घोषणा गरिएको हो । 

यसअघि एसिड आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको थियो । मुख्यमन्त्री राउतले सम्झना दासको जीवनरक्षा गर्न नसकिएको प्रति दुःख व्यक्त गर्नुहुँदै उपचाररत सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । 

उहाँले सो घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय र कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन समेत दिनुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्