११ साउन २०८३, सोमबार

ʻजयभोलेʼको पोष्टर आयो, फूलपातीको दिनदेखि प्रदर्शनमा आउने

ʻजयभोलेʼको पोष्टर आयो, फूलपातीको दिनदेखि प्रदर्शनमा आउने

काठमाडौं- अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘जय भोले’ले पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको छ । यो चलचित्र दशैको फूलपाती (असोज ३० गते) देखि रिलिज हुने भएको छ ।

यो संगै दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यसवर्ष दशैंमा ‘छक्का पञ्जा –३’ र ‘जय भोले’को भिडन्त हुने चर्चा थियो । 

चलचित्र ‘छक्का पञ्जा –३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ । ʻछक्का पञ्जा–३ʼनिर्माता दीपकराज गिरी र अशोक शर्माले लामो छलफल पश्चात सहमती जुटाउँदै एक आपसमा नजुध्ने निर्णय गरेका हुन ।

यसअघि गीत ट्रेलर सार्वजनिक गरेको ‘जय भोले’ले मंगलबार पोष्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेललगायत एक दर्जन कलाकारहरुलाई समेटिएको छ । जय भोले कमेडी जनरामा निर्माण भएको पारिवारिक चलचित्र हो ।
 

salt training

कमेन्ट गर्नुहोस्