२८ जेठ २०८३, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चको आदेश

नेकपाका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चको आदेश

काठमाडौं –नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सर्वाेच्च अदालतको आदेशमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका प्रकाण्डलाई बन्दीप्रत्यक्षीकरण रिटमा सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।

सर्वाेच्च अदालतका न्यायाधीश अनिल सिन्हा र टंक मोक्तानको इजलाशले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्