२२ असार २०८३, सोमबार

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

मेलम्ची – चोरी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का ३५ वर्षीय छेवाङ पाख्रिन रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट गएको प्रहरी टोलीले अदालतबाट फैसला भई कैद भुक्तानी गर्न बाँकी रहेका फरार अभियुक्त पाख्रिनलाई पक्राउ गरेर पुनः अदालतमा बुझाएको छ । 

विक्रम सम्वत् २०७१ माघ १९ गते पाख्रिनलाई १ महिना १५ दिन कैद र १ लाख ५६ हजार ३ सय ६ रुपैयाँ जरिवाना तोकिएकोमा सो जरिवाना समेतलाई कैदमा परिणत गर्दा हुन आउने जम्मा ४ वर्ष १९ दिनको कैद भुक्तानी गर्नुपर्नेमा सोही मितिदेखि फरार रहेका पाख्रिनलाई पक्राउ गरी अदालतमा बुझाएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्