३१ असार २०८३, बुधबार

मालीमा आक्रमण, कम्तिमा १२ को मृत्यु

असोज १०, २०७५
मालीमा आक्रमण, कम्तिमा १२ को मृत्यु

बामाको– पूर्वी मालीमा मङ्गलबार भएको आक्रमणमा परी तुआरेज समूदायका १२ सर्वसाधारण मारिएका छन् । 

यस क्षेत्रमा स्थानीय आदीवासी र जिहादी आतङ्ककारीबीच लामो समयदेखि द्वन्द्व जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यसवर्ष शुरुदेखि हालसम्म फुलानी र तुआरेङ आदीवासी समुदायका करीब २ सय व्यक्ति मारिएको उनीहरुको भनाइ छ । 

सरकारी अधिकारीहरुका अनुसार यस प्रकारको आक्रमणहरुमा कुन समूहको हात रहेको हो सो भने प्रष्ट हुन सकेको छैन । आतङ्ककारी र आदीवासीबीचको विवादको परिणाम हो कि भन्ने पनि प्रष्ट नभएको समाचारमा जनाइएको छ । 

मेनाका प्रान्तबाट ४५ किलोमिटर पश्चिममा यो आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षा स्रोतले यस आक्रमणमा परी १२ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । 

तर अन्य सञ्चारमाध्यमले भने यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको समाचार सम्प्रेषण गरेका छन् । त्यहाँका पूर्व विद्रोही पार्टी (एमएसए) ले प्रकाशन गरेको एक विज्ञप्तिअनुसार सशस्त्र रुपमा मोटरसाइकलमा आएका आक्रमणकारीले तुआरेज शिविरमा १७ सर्वसाधारणको हत्या गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्