
काठमाडौं, १३ फागुन–विश्वका करिब ५० प्रतिशत भन्दा धेरै प्रवासीमा केबल १० देशमा बस्छन् । गत २५ वर्षमा दोस्रो देशमा बस्दै आएका करिब २० प्रतिशत प्रवासी केबल अमेरिकामा बस्छन् ।
संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक मामिला विभागको ताजा रिपोर्ट अनुसार अलग अलग कारणले विश्वमा लगभग ४.७७ करोड मासिन आफ्नो देश छाडेर अमेरिकामा बसेका छन् ।

तर जनसंख्याको आकडामा हेर्ने हो भने युनाइटेड अरब इमिरेटमा सबैभन्दा धेरै प्रवासी रहेका छन् । यहाँको जनसंख्यामा ८८.४ प्रवासी प्रवासी हुन् ।
अमेरिकाको कुल जनसंख्यामा १४.३ प्रतिशत प्रवासी छन् । त्यसपछि जर्मनीमा कुल जनसंखयाको ११.९ प्रतिशत प्रवासी छन् ।