
दाङ – माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दाङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका–४ मौरीघाट निवासी ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तिमगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय निमाकुमारी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी र १२ वर्षीय रेजीना चौधरी रहेका छन् ।
स्थानीय डोलेखोलामा घरायसी प्रयोजनका मोटो खन्ने क्रममा ढिस्कोमा पुरिएर तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।