
काठमाडौं– सुरक्षा संगठनमा कार्यरत फौजदारी अभियोगमा पक्राउ परेलगत्तै निलम्बनमा पर्छन् । तर निजामति कर्मचारी भने जेल चलान हुँदा समेत निलम्बनमा पर्ने नगरेको आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
भूमाफियासँग मिलेर धनीलाई थाहै नदिई जग्गा विक्री गर्ने मालपोत कार्यालय चाबहिलका ८ कर्मचारी पक्राउ परेपनि उनीहरु निलम्बनमा परेका छैनन् । यस्तै गत महिना कम्पनी रजिस्टारको कार्यालयका ६ कर्मचारीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । उनीहरु पनि निलम्बनमा नपरेको समाचारमा उल्लेख छ ।