०७ असार २०८३, आइतबार

बार्सिलोनाका व्यवस्थापकसँग मेस्सी रुष्ट, खुल्यो बेञ्चमा राख्नुको कारण

बार्सिलोनाका व्यवस्थापकसँग मेस्सी रुष्ट, खुल्यो बेञ्चमा राख्नुको कारण
फाइल फोटो

काठमाडौं —बार्सिलोनाले विगत तीन खेलमा जीत हासिल गर्न सकेको छैन । शनिवारको खेलमा ऊ एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा चित्त बुझाउन बाध्य भयो । 

लियोनेल मेस्सीलाई बेन्चमा राखिएपछि बार्सिलोना टोली फितलो देखियो र घरेलु मैदान क्याम्प नूमा इज्जत जोगाउन मात्र सफल भयो । 

मेस्सीलाई बेन्चमा राख्ने व्यवस्थापक अर्नेस्टो भाल्भेर्देको निर्णयले सबैलाई आश्चर्यमा पार्‍यो । 

भाल्भेर्देले खेलको ६० मिनेट बितेपछि मात्र मेस्सीलाई मैदानमा उतारे । अनि म्याचको बाँकी समयमा मेस्सीको सुन्दर खेल दर्शकहरूले हेर्ने मौका पाए । उनले छोटो अवधिमा दुईवटा राम्रा शट हाने अनि बार्सिलोनाले बराबरीका लागि गरेको गोलमा असिस्ट गरे । मुनिर एल हदादीको गोलमा मेस्सीकै असिस्ट रह्यो । 

मेस्सीलाई बेन्चमा राखिनुको कारण बल्ल खुलेको छ । यो खेलाडीहरूको सामान्य रोटेसन मात्र थिएन । यो त भाल्भेर्देले मेस्सीलाई दिएको सजाय थियो । 

खासमा अघिल्लो म्याचमा लेगानेसविरुद्ध बार्सिलोनाको हार भएपछि भाल्भेर्देले सबै खेलाडीका लागि रात्रिभोजको आयोजना गरेर टीमको आगामी रणनीतिको चर्चा गर्ने प्रयास गरेका थिए । तर भाल्भेर्देको रणनीतिमा चित्त नबुझाएका मेस्सी उक्त रात्रिभोजमा जाँदै गएनन् । 

मेस्सी भोजमा नआएपछि रिसाएका भाल्भेर्देले उनलाई बेन्चमा राखे तर त्यो निर्णयका कारण बार्सिलोना दुई बहुमूल्य अंक गुमाउन बाध्य भयो । त्यसो त प्रतिस्पर्धी टोली रियाल मड्रिड पनि बार्सिलोनाकै जस्तो स्थितिमा छ र गोलअन्तरका कारण बार्सा नै अंकतालिकाको शीर्ष स्थानमा छ । 

डोन बालोनमा प्रकाशित समाचारको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्