०३ असार २०८३, बुधबार

स्पेनको यो पूरा नगर नै तौल घटाउने प्रयासमा

स्पेनको यो पूरा नगर नै तौल घटाउने प्रयासमा

काठमाडौं — स्पेनको एक नगर न्यारोनका बासिन्दाले सन् २०२० को शुरूआतसम्ममा कुल जनसंख्याको एक लाख किलो तौल घटाउने संकल्प लिएका छन् । 

त्यहाँको जनसंख्या लगभग ४० हजार छ र नौ हजार मानिसको सामान्यभन्दा बढी तौल छ । तीन हजारजना चाहिँ मोटोपनको रोगबाट ग्रस्त छन् । शहरका हरेक युवाले कम्तीमा डेढ किलो तौल घटाउने अठोट लिएका छन् । 

तौल घटाउनका लागि शहरका हजारौं मानिसले मांसाहार र तारेका खानेकुुरा खान बन्द गरेका छन् । उनीहरू गत जनवरी महिनादेखि शुरू भएको स्लिमिङ कार्यक्रममा भाग लिइरहेका छन् । 

डाक्टर कार्लोस पिनिएरोले यो कार्यक्रमको आइडिया दिएका हुन् । उनका अनुसार, २१औं शताब्दीका मानिसले पैदल हिँड्नै बिर्सिसकेका छन् । अनि व्यायाम गर्न पनि मानिसहरू अल्छी गर्छन् । उनले स्थानीय पार्कहरूमा गएर
मानिसलाई व्यायामका फाइदाका बारेमा बताउने गरेका छन् । 

शहरका चार हजार मानिस पिनिएरोको स्लिमिङ कार्यक्रममा भाग लिइसकेका छन् । त्यसमा नगरप्रमुख म्यारिएन फरेरो र नगर परिषद्का सदस्यहरू पनि संलग्न छन् । 

मानिसहरूलाई के खाने भनी बताइएको छ । 

न्यारोन स्पेनको ग्यालिसिया क्षेत्रमा पर्छ । स्पेनिस सोसाइटी अफ कार्डियोलोजीको अनुसन्धान अनुसार, ग्यालिसियामा स्पेनभरिकै सबभन्दा बढी तौल भएका मानिस बस्छन् । 

शहरवासीलाई तन्दुरुस्त राख्नका लागि १८ वटा रेस्टुराँले स्वस्थकर खाना पस्किरहेका छन् । अनि विद्यालयका बालबालिकालाई तौल घटाउने शिक्षा दिइएको छ । जर्ज जुआन नामक विद्यालयमा २२४ बालबालिका छन् र उनीहरू
दिनको एक घन्टा अनिवार्य खेल्न भनिएको छ । 

केही बालबालिकाले साइक्लिङका साथै अन्य व्यायाम पनि थालेका छन् । अन्य केहीले स्कूल कि त पैदलै कि त साइकल चढेर आउने संकल्प लिएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्