काठमाडौं,१३ फागुन– शिवरात्रिको अबसरमा शुक्रवार पशुपति क्षेत्रमा विहानैदेखि भक्तालुहरूको घुँइचो लागेको छ । महादेव शिवको जन्मदिन र प्रिय दिनका रुपमा महाशिवरात्रिलाई मनाउने गरीन्छ ।
पशुपति क्षेत्रमा धुनि जगाउँदै भारतबाट आएका बाबाहरु विशेष आर्कषणको केन्द्र बनेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर दर्शनको लागि लाइनको व्यवस्था गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनका अनुसार शिवरात्रिको अबसरमा आज १३ लाख दर्शनार्थीले पशुपति नाथको दर्शन गर्ने अपेक्षा राखिएको छ ।