०८ असार २०८३, सोमबार

महिलाको लागि विश्वको  ‘खतरनाक’ देश

असोज १५, २०७५
महिलाको लागि विश्वको  ‘खतरनाक’ देश

अस्ट्रेलियाको उत्तरमा रहेको पपुवा न्यू गिनी महिलाको लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक बताइएको छ । 

केही अनुमानका अनुसार पपुवा न्यू गिनीमा ७० प्रतिशत महिलाहरु उनीहरुको जीवनकालमा बलात्कृत हुने गरेका छन् या उनीहरु यौन हिंसाको शिकार हुने गरेका छन् । 

बीबीसीका अनुसार पपुवा न्यू गिनीमा बस्नका लागि विश्वको सबैभन्द खराब देशको रुपमा शामिल छ जहाँ घरेलु हिंसा तथा बलात्कार रेट सबैभन्दा धेरै छ । तर यहाँ धेरै ठूलो चिन्ता यो विषयलाइ लिएर छ कि बलात्कारका केही आरोपीलाई मात्र सजाय दिलाइन्छ । 

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार जनवरीदेखि मे सम्म २०१८ को बीचमा घरेलू हिंसा तथा बलात्कारका कम्तिमा ६ हजार आरोप दर्ता भएको छ । उनले भने,‘यतिको संख्यामा आरोप दर्ता भएका छन् । तपाई सोच्न सक्नुहुन्छ कि यस्तो कति मामला होलान् जो कही केस दर्ता गरेका छैनन् ।’

पपुवा न्यू गिनीमा स्थानीय बदमाशलाई रास्कल भनिन्छ । यी व्यक्तिहरुमाथि यहाँ सबैभन्दा धेरै बलात्कारका आरोप लाग्ने गरेका छन् । 

‘रास्कल’हरुलाई कुनै महिलाको सामूहिक बलात्कार गर्नु पपुवा न्यू गिनीमा सामान्य विषय बन्छ । यस बारेमा मानिसहरु खुलेर कुराकानी गर्छन्, उनीहरुलाई क्यामरा र प्रहरीको कुनै डर नै छेन । 

एक ‘रास्कल’ले बीबीसीलाई बताए,‘यहाँ महिला सबैभन्दा सजिलो शिकार हो, उनीहरुलाई लुट्न सबैभन्दा सजिलो हुन्छ ।उनीहरुलाई कुट्न सजिलो हुन्छ । सडकमा यदी कुनै महिललाई पिट्नुहुन्छ भने त्यसको कसैले विरोध गर्छन्, यो सामान्य हो ।’

शहरमा महिलाका विरुद्ध हिंसा यति धेरै समस्या हुन्छ कि सरकारले सेफ हाउस नामको घर स्थापित गरेको छ । 

जहाँ यौन हिंसा पीडितलाई आश्रय दिइन्छ । 

पाँच वर्ष पहिला पपुवा न्यू गिनीमा फ्यामेलि प्रोटेक्सन एक्ट बनाइएको छ । यो कानूनका अनुसार घरेल हिंसा एक अपराध हो जसको लागि दुई बर्षको जेल सजाय हुन सक्छ या आरोपीलाई दुई हजार अमेरिकी डलर जरिवाना तिर्न पर्ने हुन सक्छ । कानून बनेको भएपनि यसको कार्यान्वयन पक्ष फितलो रहेकोमा अधिकारकर्मीहरु चिन्तित छन् ।

salt training

कमेन्ट गर्नुहोस्