
धनगढी – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका– ९ बल्मीमा सोमवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
धनगढीबाट हसुलीयातर्फ गइरहेको से१ख १०२५ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई उछिट्टिएर खेतमा पुगेको छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ की ईश्वरी बिनाडी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी ईश्वरीको उपचारका क्रममा अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।