२० असार २०८३, शनिबार

भेनेजुयलाका नागरिकले धमाधम किन छाड्दैछन् देश ?

असोज १५, २०७५
भेनेजुयलाका नागरिकले धमाधम किन छाड्दैछन् देश ?

जेनेभा– भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् । 

संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन् । 
“मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ,” राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले बताए । 

“विस्थापित हुनेहरु बढ्दै गइरहेकाले उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै मात्रै सुरु भएको छ,” उनले थपे ।
मुलुक छाडेका २६ लाख जनता अहिले विभिन्न देशमा रहेको सरकारी श्रोतहरूलाई उद्धृत गर्दै शरणार्थी नियोगले जनाएको छ । 
भेनेजुयलालाई अहिले विभिन्न प्रकारका धेरै सहयोगहरुको खाँचो रहेको समाचारमा जनाइएको छ । 
तेल निर्यातमा आश्रित भेनेजुयलामा सन् २०१४ देखि नै असर पर्न थालेको अधिकारीहरूले बताएका छन् । 
राष्ट्रपति निकोलस मडुरोको सरकारका विरुद्धमा विपक्षीहरू र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुयलामा आर्थिक तथा राजनीतिक संकट बढ्दै गएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्