३१ असार २०८३, बुधबार

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै
सन्दर्भ तस्वीर

काठमाडौं– बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले मंगलबार ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको पहिलो खेलमा नेपालले बलियो टोली ताजकिस्तान प्रतिद्वन्दीको पाएको हो ।

खेल सिलेटस्थित जिल्ला फुटबल संघको मैदानमा नेपाली समय अनुसार बेलुकी ६ः१५ बजे शुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगितामा यसपटक तुलनात्मक रुपमा बलिया टिम रहेकाले समूह चरणको पहिलो खेलमा ताजकिस्तानविरुद्ध नेपाल अंक जोड्ने लक्ष्य सहित मैदान उत्रने बताए ।

यसअघि नेपालले ताजकिस्तानविरुद्ध गत वर्ष एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्