
काठमाडौं, १३ फागुन — मधेशी मोर्चाले सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ । आफूहरुको माग पूरा नभएमा सरकारलाई दिइएको समर्थन फिर्ता लिने समेत मोर्चाले जनाएको छ ।
आज दिउँसो तिनकुनेमा बसेको मधेशी मोर्चाले परिमार्जन सहित संविधान संसोधनको माग गरेको छ । अपूरो संबिधान संसोधनको सुनिश्चतता नभएमा समर्थन फिर्ता हुने मोर्चाका नेताहरुले बताएका हुन् ।
मोर्चाका नेताहरुले आफूहरू निर्वाचन विरोधी नभएको तर जसरी पनि संबिधान संशोधन हुनुपर्ने बताएका छन् । सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मोर्चा विच्किएको छ । संविधान संशोधन नभइ निर्वाचन हुन्छकी भन्ने डरले मोर्चा विच्किएको हो । तर सरकारले संविधान संशोधनलाई पास गराउने बताएको छ ।