०८ असार २०८३, सोमबार

ऐश्वर्या रायलाई सामाजिक सञ्‍जाल चलाउन रोक !

कात्तिक २०, २०७४
ऐश्वर्या रायलाई सामाजिक सञ्‍जाल चलाउन रोक !
एजेन्सी: बलिउडका प्राय सानादेखि ठूला सबै कलाकार सामाजिक सञ्‍जालमा जोडिएका छन्। उनीहरुले आफ्नो अभिव्यक्ति, सूचना वा जानकारी सामाजिक सञ्जालबाट दिने गरकेा छन्। तर अभिषके बच्च‍ने भने पत्‍नी ऐश्वर्या राय बच्चनलाई सामाजिक सञ्‍जालमा जोडिनबाट रोकिदिएका छन्।

अभिषेकको यो निर्णयले ऐश्वर्या रायलाई केही दोधारमा पारिदिएको छ। किनकी उनी सामाजिक सञ्‍जाल फेसबुक र ट्विटरमा निक्‍कै सक्रिय हुन्छिन्। उनले कुनै घटनाको बारेमा जानकारी ट्विटरबाटै दिने गरेकी छिन्। तर अब अभिषेकले उनलाई सामाजिक सञ्‍जाल नचलाउन निर्देशन दिएपछि भने उनीहरुबीच विवाद हुने भारतीय सञ्‍चार माध्यमले बताएका छन्।

भारती सञ्चारमाध्यमका अनुसार अभिषेकले सामाजिक सञ्जालमा उडाउने र भद्दा कमेन्टबाट आफू शिकार भइसकेकाले पत्‍नीले पनि यस्तो समस्या नभोग्‍नु परोस भनेर उक्त फैसला गरेको प्रतिक्रिया दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्