काठमाडौं, १३ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले महाशिवरात्रीको अवसरमा वीरगन्जको आर्दशनगरस्थित अलखियामठ मन्दिरमा भगवान शिवको विधिपूर्वक पूजा गरेका छन् ।
केहि सातायता पूर्वराजा तराईका विभिन्न जिल्लाको भ्रमणमा रहेको बेला आज उनी सो मन्दिरमा पूजा गर्न पुगेका हुन् ।
उनका छोरा पारस भने पूजाआजाको लागि पशुपतिनाथ पुगेका थिए ।

