एजेन्सी - भनिन्छ नि ‘हुने बिरुवाको चिल्लो पात’ । एक ६ वर्ष उमेरका बालक त्यस्तै चिल्ला पातको रुपमा आएका छन् । उनीभित्रको प्रतिभा कुनै वयस्क वा परिपक्क व्यक्तिको भन्दा कम छैन । त्यसैले त उनी महिनामा १ लाख रुपैयाँ कमाउँछन् ।

६ वर्षीय साना सेफ निहाल–राजलाई खाना बनाउने शौख छ । उनको ‘लिटिल सेफ’ को रुपमा संसारभरी परिचित हुने रहर छ । ‘किच्याटयूब’ मा राखिएको उनको भिडियोमार्फत उनले लाखौं कमाउने गर्दछन् ।
निहाल केही वर्ष अघि आफ्नी आमालाई किचनमा सहयोग गरिरहेका थिए । त्यहि क्रममा उनका बुवाले उनको भिडियो बनाएर आफ्नो फेसबुक पेजमा सेयर गरे ।
मानिसहरुले जब उनको यो भिडियोलाई मनपराए र सकारात्मक टिप्पणी दिए तब निहालका बुवाले यूट्युब च्यानल ‘किच्याटयूब’ बनाउने निर्णय गरे । यहिले त्यही भिडिोमार्फत उनले मासिक एक लाख कमाउने गरेका हुन् ।