०३ असार २०८३, बुधबार

अध्यक्षमा दुई जनाले आलोपालो गर्नेे

असोज १९, २०७५
अध्यक्षमा दुई जनाले आलोपालो गर्नेे

राजविराज- नेपाल प्रेस युनियन सप्तरीको आज सम्पन्न छैंटौँ अधिवेशनले अध्यक्ष पदमा दुई जनाले आलोपालो गर्नेे निर्णय गरिएको छ । 

पहिलो दुईवर्षे कार्यकालका लागि रामनारायण विश्वास र दोस्रो दुईवर्षे कार्यकालका लागि श्रवणकुमार देवले नेतृत्व गर्ने र नेतृत्वपछि आलोपालो सल्लाहकार रहने निर्णय भएको युनियनले जनाएको छ । 

यसैगरी युनियनको उपाध्यक्षमा विनयलाल कर्ण, महिला उपाध्यक्षमा ललिता साह, सचिवमा शैलेन्द्र सिंह, सह–सचिवमा कृष्णदेव यादव, समावेशी सह–सचिवमा सन्तोष थापा, कोषाध्यक्षमा बैजु जोशी, महिला सदस्यमा रश्मी झा तथा सदस्यमा निरज मण्डल, शैलेन्द्र झा, रञ्जित चौधरी, परिष कर्ण, रामनारायण यादव, अरुण यादव, सन्तोष साह र वीरेन्द्र साह चयन हुनुभएको छ । 

त्यस्तै प्रदेश पार्षद्हरुमा पङ्कज झा, कृष्णकान्त देव, मिथिलेश यादव, मिथिलेश साह, सुधा देव, नरेश चौधरी, शिवनारायण साह, पवन मिश्र, सञ्जीवविक्रम साह र मनोज माझीलाई चयन गरिएको छ । 

यसैगरी केन्द्रीय पार्षद्हरुमा शम्भुलाल देव, मुरलीप्रसाद यादव, ब्यासशङ्कर उपाध्याय, धिरेन्द्रप्रसाद साह, अर्जुनप्रसाद साह, जितेन्द्र खड्गा, शम्भुनन्द चौधरी र ओमप्रकाश साह चयन भएको युनियनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्