२४ असार २०८३, बुधबार

फेरि सर्‍याे कांग्रेस केन्द्रीय समिति बैठक, यस्तो छ कारण

फेरि सर्‍याे कांग्रेस केन्द्रीय समिति बैठक, यस्तो छ कारण

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरू काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो ।

पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी सङ्घको विधान पारित, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ । 

बैठक काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्