
काठमाडौं– मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले अहिले घरेलु टोलीसँग खेलिरहेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर मलेसियाले पहिले ब्याटिङ गरेको छ ।
मलेसियाविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दिप लामिछाने फेरी चम्किएका छन् । अघिल्लो खेलमा म्यानमारविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका सन्दिपले दोस्रो खेलमा समेत सोही फर्मलाई निरन्तरता दिएका छन् ।
सुरुवाती ब्याटिङ गर्ने मलेसियाको निर्णयलाई सन्दिपले दबाबमा राखेका छन् । ३६ रन बनाउँदा मलेसियाले २ विकेट गुमाएको छ । दुवै विकेट सन्दिपले लिएका छन् ।
ओपनर सईद अजिजलाई बिनोद भण्डारीबाट क्याच गराएका उनले सुहान अलागरत्नमलाई बोल्ड गरेका छन् । सुरुवाती दुई ओभर बलिङ गर्दा उनले १० रन खर्चेर दुई विकेट लिएका छन् । नेपालले सन् २०१३ पछि पहिलोपटक मलेसियासंग टी–ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो ।