
काठमाडौं– चक्रपथ सरसफाई कार्यक्रम अन्तर्गत शनिबार स्वयम्यू क्षेत्रमा सरसफाई गरिएको छ ।
सो अवसरमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, कलाकार हरिवंश आचार्य, श्रीकृष्ण संखडा, बाग्मती सफाई अभियान विभिन्न टोल सुधार समिति तथा क्लब, नेपाली सेनाका साथै करीब ५०० सयका हाराहारीका सर्वसाधारणको सहभागिता रहेको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
चक्रपथ सरसफाई सँगै जनचेनता अभिवृद्धिको लक्ष्यसहित थालिएको अभियान निरन्तर जारी रहने बताइएको छ ।
सरसफाई पनि आयोजित दशै तिहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अभियानमा सक्रिय विभिन्न व्यक्ति र संस्थालाई सम्मान समेत गरिएको थियो ।