
काठमाडौं– राहत शिक्षकहरुले स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन् ।
देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।