३१ असार २०८३, बुधबार

देउवासँग असन्तुष्ट पौडेल पक्षको छुट्टै भेला, बैठक बोलाउन माग

कात्तिक २०, २०७४
देउवासँग असन्तुष्ट पौडेल पक्षको छुट्टै भेला, बैठक बोलाउन माग
काठमाडौं, १४ फागुन पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरेको छ ।

पौडेल पक्षले देउवाले एकलौटी पार्टी सञ्चालन गरेको भन्दै पौडेल पक्षले आपत्ति जनाएको छ । पार्टी र सरकार सञ्चालन, संविधान संशोधन प्रस्ताववारे पार्टीको आधारिक धारणा माग गर्दै पौडेल पक्षले तत्काल पार्टी केन्द्रिय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित रुपमा माग गरेको हो ।

पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि पौडेल पक्ष सभापति देउवाप्रति झनै आक्रोशित भएको हो ।

शनिवार विहान महाराजगंजस्थित महामन्त्री डा. शंशाक कोइराला निवासमा भेला भएका पौडेल पक्षका नेताहरुले पार्टीको साख जोगाउन माग गर्दै सभापति देउवालाई केन्द्रिय समितिको बैठकमा बोलाउन लिखित रुपमा माग गर्ने निर्णय गरेको छ ।

पार्टीका सदस्य समेत नरहेका व्यक्तिहरुलाई राजदुत नियुक्ति गरेकोमा सिंगो पार्टी पंक्ति चिन्तित रहेको नेता डा. रामशरण महतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्