
काठमाडौं– निर्मला पन्त हत्या प्रकरणको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले गत भदौ ८ देखि कञ्चनपुरमा आफ्नो काम थालेको थियो ।
समितिले विभिन्न कोणबाट सम्बन्धित घटनाबारे तथ्य, सूचना, जानकारी संकलन गर्नुका साथै सो सूचना सुक्ष्म ढंगले अध्ययन, मूल्यांकन एवम् विश्लेषण गरेर निश्कर्षमा पुगिएको आइवार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसका लागि जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध भएका कागजात, घटनाबारे अनुसन्धान गर्न गठित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गरेको कामकारबाही, मुचुल्का, मिसिल समेतका कागजात, तालुक कार्यालयहरुमा गरिएको प्रतिवेदन आदीको अध्ययन गरिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा सञ्चारमाध्यममा प्रकाशित सूचनाका स्रोतहरुलाई पनि अध्ययन एवम् विश्लेषण गरिएको थियो ।
यस्तै, घटनास्थलको अवलोकन, पीडित परिवार तथा सरोकारवालासँग छलफल र अन्तर्क्रिया, आरोपी र प्रहरी अधिकारीसँगको बयान, स्थानीयसँग सोधपुछ तथा विभिन्न निकायसँगको बृहत छलफलबाट प्रतिवेदन तयार गरिएको उल्लेख गरिएको छ ।
हेनुहोस्, छानबिन प्रतिवेदनको पूर्णपाठ :