
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच भेट वार्ता भएको छ । अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेका हुन् ।
प्रधानमन्त्रीलाई भेट्न अख्तियार प्रमुख घिमिरे सोमबार बिहान बालुवाटार पुगेका थिए । नेकपाको सचिवालय बैठक चलिरहेका बेला पुगेका घिमिरेलाई प्रधानमन्त्री ओलीले सचिवालय बैठक रोकेर उनीसँग भेट गरेको बताइएको छ ।
भेटका भएको कुराकानीबारे खुलाइएको छैन ।