एनेन्सी– कुनैबेलाका अमिताभ बच्चनका निकै नजिकका मित्र अमर सिंहले अमिताभ र उनकी श्रीमती जया बच्चनबीचको सम्बन्धको नयाँ खुलासा गरेका छन् । यसअघि पनि जया–अमिताभबीचको सम्बन्धबारे खुलासा गरेका उनले करिब १५ वर्ष जया बच्चनले आफ्ना सासू–ससुरा माथि निकै नराम्रो व्यवहार गरेका बताएका छन् ।

यसरी जयाले अमिताभको अगाडि नै सासु–ससुराको अपमान गर्दा पनि अमिताभ चुप लाग्ने गर्दथे ।
तर जयाको व्यवहारले हद नाघ्न थालेपछि अमिताभ र जया छुट्टा छुट्टै घरमा बस्न थाले र अहिले पनि अमिताभ जया छुट्टै घरमा बस्ने गरेको उनको भनाई छ ।
यतिमात्र नभई अमिताभका छोरा अभिषेक र बुहारी ऐश्वर्या पनि भिन्न घरमा बस्न बाध्य रहेको उनको दाबी छ ।
अभिताभ–अमितको सम्बन्धमा दरार आएसँगै उनले यसअघि पनि यी दुईबीच राम्रो सम्बन्ध नभएको उनले खुलासा गरेका थिए ।