
काठमाडौं - अरूलाई ‘माननीय’ छाड्न धेरै गाह्रो पर्छ। नेता वामदेव गौतमका लागि सिट खालि गरिदिन नेकपाले धेरै सांसदलाई दबाब दियो। कार्यकर्ताको जोडबलमा तिनीहरू जोगिए। अन्त्यमा काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराउने टुंगो लाग्यो। उनी भने दुःखी होइन, बरु खुसी देखिन्छन्। मंगलबार बिहान आफ्नै घरमा भेला भएका कार्यकर्तालाई उनी उल्टै सम्झाइरहेका थिए। उनीहरू पुनर्विचार गर्न भन्थे। मानन्धर तिनलाई भाँती पुर्याएर सम्झाउँथे।
उनका घर बालाजु बाइपासमा निर्वाचन क्षेत्रभरिका पार्टी जनप्रतिनिधि भेला भएका थिए। तिनीहरूले गौतमका लागि पद छाड्न लागेकोबारे जिज्ञासा राखेका थिए। मानन्धरे भने, ‘हो।’ उनले आफू पार्टी केन्द्रीय समिति वा सरकार कतै नभई सांसद मात्र हुँदा कसैले नटेरेको अनुभूति सुनाए। त्यही कारण क्षेत्रको विकास गर्न नसकेको बताए। अन्नपूर्ण पाेस्टमा खबर छापिएकाे छ ।