२१ असार २०८३, आइतबार

ज्यान मुद्दामा आठ वर्षदेखि फरार अभियुक्त पक्राउ

ज्यान मुद्दामा आठ वर्षदेखि फरार अभियुक्त पक्राउ

बर्दिया –आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । 

गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आज बिहान पक्राउ गरेको हो ।

सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपीलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । 

कमेन्ट गर्नुहोस्