३० असार २०८३, मंगलबार

४० हजार घुससहित  उपसचिव लालबाबु साह फन्दामा

४० हजार घुससहित  उपसचिव लालबाबु साह फन्दामा

काठमाडौं– शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह रु ४० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । 
 विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि उनले घुस लिएको अख्तियारले जनाएको छ । 

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनलाई  वीरगंज महानगरपालिका वडा नं १४ स्थित निवासबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर द‌ंगालले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्