एजेन्सी: भारती अभिनेत्री प्रियंका चोपडा यस पटकको ८९ औ ओस्कार अवार्ड समारोह सञ्चालन गर्ने भएकी छिन्। उनले सामाजिक सञ्जाल ट्विटर र इन्टाग्राममार्फत पोस्ट् गर्दै ८९ औ ओस्कारमा सहभागी हुने बताएकी हुन्।

प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दोस्रो पटक पनि ओस्कर समारोह चलाउने जानकारी दिएकी हुन्। उनले इन्स्टाग्राममा तस्बिर पोस्ट् गर्दै भनेकी छिन् 'योजनामा परिवर्तन, हामी आइपुग्यौ ओस्कार, मिक ज्याकर..ला..ला.. ल्याण्ड।'
यसअघि उनले ८८ औ ओस्कार अवार्ड जनवरी २८ मा चलाइसकेकी छिन्। यसअघि उनलाई हार्पर बजारले बेस्ट फेशेनेबल महिलाको सूचीमा समेत राखेको छ।

अमेरिकी टीभी रियालिटी शोबाट संसारभर चर्चा कमाएकी प्रियंकाले विभिन्न फिल्म फेस्टिबलमा रेड कार्पेटमा आफ्नो आकर्षक पहिरनले सबैको ध्यान तान्दै आएकी छिन्। ८९ औओस्कार अवार्ड समारोह अमेरिकी सहर लस एन्जल्समा आइतबार हुदैछ।