२० असार २०८३, शनिबार

वामदेवको एसएमएस– म चुनाव लड्दिन, रामवीर मानन्धरलाई सम्झाइदिनुहोला

असोज २६, २०७५
वामदेवको एसएमएस– म चुनाव लड्दिन, रामवीर मानन्धरलाई सम्झाइदिनुहोला

काठमाडौं–नेकपा नेता वामदेव गौतम काठमाडौं–७ को सम्भावित उपनिर्वाचनबाट पछि हटेका छन् । केन्द्रीय सचिवालय बैठकमा उनको उम्मेदवारीसम्बन्धी प्रस्ताव विचाराधीन रहेकै वेला गौतम ‘ब्याक’ हुने निष्कर्षमा पुगेका हुन् ।

‘तपाईंहरूको सद्भावका लागि धन्यवाद । तर, अब काठमाडौं–७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो,’ गौतमले त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूलाई टेलिफोनमार्फत भने, ‘मैले अहिलेको यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु ।’

उम्मेदवारीको विषयमा बिहीबार प्रदेश सभामा काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेला चलिरहेकै वेला गौतमले काठमाडौं–७ का प्रदेश सभा सदस्य वसन्त मानन्धरलाई एसएमएस गरेका थिए, ‘म उपचुनावमा उम्मेदवार बन्दिनँ, तपाईंहरूले रामवीर मानन्धरलाई सम्झाइदिनुहोला ।’ बैठक चलिरहेकै वेला वसन्तले सबैलाई जानकारी गराएका थिए । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्