काठमाडौ- दसैँको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले बर्सेनि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ ।
बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट बर्सेनि कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो ।
तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।