
रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका नरेस पातलीको चर्चा सेलाएको छैन ।
नेपाल आइडलको धनगढी अडिसनमा भाग लिन आएका बझाङका पातलीले आइडलको मञ्चमा ‘ऊ जितेर गई या हारेर गई’ बोलको गीत गाएका थिए । त्यसपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
नेपाल आइडलमा सहभागी नभएपनि पातलीको चर्चा आइडलको टप १० मा परेका भन्दा पनि धेरै छ । उनका बारेमा बनाइएका भिडियोहरु ट्रेन्डिङमा पर्ने गरेका छन् । पातलीले हास्य टेलिशृंखला भद्रगोलमा पनि अभिनय गरिसकेका छन् ।
उनै पातलीले गत शनिबार ‘आई ह्याभ अ गर्लफ्रेन्ड बोलको गीत बजारमा ल्याएका छन् । भिडियोमा पातली आफैंले अभिनय गरेका छन् । गीतमा बादल घिमिरेले संगित भरेका छन् ।
गीतको शब्द यस्तो छ-
हजुरबुवाले त हजुरआमालाई देख्दै नदेखी बिहे गरेका थिए
बाबाले पनि मेरी आमालाई चिन्दै नचिनी बिहे गरेका थिए
ट्वान्टी वान सेन्चुरी, फेरियो ट्रेन्ड, आई ह्याभ अ गलफ्रेन्ड।
धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा कक्षा ११ मा पढ्दै गरेका पातलीले अब भने म्युजिकमै लाग्ने योजना रहेको बताउँछन्।
१२ वर्षअघि घाँस काट्न जाँदा भीरबाट खसेर आमाको मृत्यु भएको थियो ।