२१ असार २०८३, आइतबार

माइक्रोसफ्टका सह–संस्थापक पल एलनको ६५ वर्षकाे उमेरमा निधन

माइक्रोसफ्टका सह–संस्थापक पल एलनको ६५ वर्षकाे उमेरमा निधन

काठमाडौं– क्यान्सरबाट पीडित माइक्रोसफ्टका सह–संस्थापक पल एलनको ६५ वर्षको उमेरमा निधन भएको छ । एलनकी बहिनी जोडीले उनको निधनको पुष्टि गरेकी हुन् । 

एलनले बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका थिए । एलन र गेट्स विद्यालय कालदेखिका साथी हुन् । उनीहरुले मिलेर प्रविधि क्षेत्रको जाइन्ट बन्न सफल माइक्रोसफ्ट सन् १९७५ मा स्थापना गरेका थिए । गेट्सले भनेका छन्, ‘मेरो पुरानो तथा नजिकको साथीको निधनले म स्तब्ध भएको छु ।’ 

उनलाई नन–हड्किन्स लिम्फोमा नामक क्यान्सर थियो । उनले आफूलाई लागेको रोगका बारेमा दुई हप्ताअघि मात्रै सार्वजनिक रुपमा बताएका थिए । उनलाई दोस्रोपटक यो रोग लागेको हो ।
 

कमेन्ट गर्नुहोस्