२२ जेठ २०८३, शुक्रबार

डलर महँगिदा रेमिट्यान्स पाउनेलाई भने राहत

असोज ३०, २०७५
डलर महँगिदा रेमिट्यान्स पाउनेलाई भने राहत

काठमाडौं–दसैं भित्रिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन उकालो लागेको छ ।
 सामान्यतः दसैंको बेला व्यापारीले पनि मौका हेरेरे वस्तु तथा सेवाको मूल्यवृद्धि गर्ने प्रचलन नयाँ भने होइन । तर, यसपालिको दसैंंमा भने विप्रेषण आउने घरपरिवारलाई भने केही राहत पुगेको छ । 

अमेरिकी डलर हालसम्मकै बलियो बनेकाले पनि रेमिट्यान्स भित्र्याउने परिवारलाई दसैंको महँगीमा डलरबाट हुने आम्दानीले केही सन्तुलन गर्ने निश्चित छ । 
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले नेपाल पठाउने रेमिट्यान्सको धेरै हिस्सा डलरमा नै आउँछ । पछिल्लो समयमा एक अमेरिकी डलर बराबर ११८ नेपाली रूपैयाँ पुगेको छ । यो अवस्थामा डलरमा रेमिट्यान्स पठाउनेलाई बढी नै फाइदा हुन्छ । जुन फाइदाले महँगिएको दसैंको बजारमा किनमेलका लागि केही राहत पुग्नेछ ।  कारोबार दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्