२८ जेठ २०८३, बिहीबार

कर्मचारी र सुरक्षा अभावमा राजश्व संकलनमा कमी

कर्मचारी र सुरक्षा अभावमा राजश्व संकलनमा कमी

कञ्चनपुर– कञ्चनपुर बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दुईजना कार्यालय सहयोगीले लामो समयदेखि भन्सार कार्यालयको राजश्व सङ्कलनको कार्य गर्दै आएका छन् ।

उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी रहेको छ ।     सो कार्यालयका नायब सुब्बा कैलाली भन्सार कार्यालयमा कार्यरत छन् । दरबन्दीका कर्मचारी नबस्ने भएपछि न्यून राजश्व सङ्कलन हुने गरेको छ । सो भन्सार कार्यालयको बाटो हँुदै भारतबाट सामान ल्याउनेको लर्को देखिने गरेपनि कर्मचारीको अभावमा थोरैले मात्र राजश्व तिर्ने गरेका छन् ।

घरायसी सामान भन्दै भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरीले वास्ता गर्दैनन् । भन्सार कार्यालयका कार्यालय सहयोगीले राजश्व तिराए धम्की आउने भएकाले उनीहरूले समेत सामान रोकेर राजश्व तिराउने हिम्मत गर्दैनन् । कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्था छैन् । कार्यालय सहयोगी बलबहादुर धामीले भन्नुभयो, “अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ, त्यसैले सबै समानको राजश्व तिराउने कार्य गर्न गाह्रो छ ।” 

भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने भएकाले अन्य समय शुरक्षा नहँुदा अप्ठेरो रहेको उहाँले बताउनुभयो । भन्सार कार्यालय भएर थोरै सामान आउने भए पनि खुला सिमानाका कारण चोर बाटोबाट बढी समान तस्करी हुने गरेको कार्यलय सहयोगीको भनाइ छ । भन्सार कार्यालयमा सुरक्षा बलियो भए राजश्व सङ्कलनमा वृद्धि हुने बताइएको छ । 

कञ्चनपुर भन्सार कार्यालयले हेर्दै आएको छोटी भन्सार कार्यालय गत वैशाखदेखि कैलाली भन्सार कार्यालयले हेर्ने जिम्मा लिएको छ । छोटी भन्सार कार्यलयसँग रहेको चार बिघा सात कट्टा १७ धुर जग्गासमेत अतिक्रमणको चपेटामा परेको छ । हेर्ने जिम्मा लिएको भन्सार कार्यालयले छोटी भन्सार कार्यालयबाट गत वैशाखदेखि भदौ महिनासम्म रु एक लाख ९० हजार सात सय २७ राजश्व मात्रै सङ्कलन गरेको छ । 

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले वर्षमा यस क्षेत्र बाट मात्रै रु ९० करोड बढी राजश्व सङ्कलन हुने देखिए पनि भन्सार छलेर सामान भित्र्याउने भएकाले राज्यलाई निकै घाटा भएको बताउनुभयो । करोडौंको राजश्व छलिभइरहेकाले भन्सार नाकाको स्तरवृद्धि र भरपर्दो सुरक्षाका लागि पहल भइरहेको बताउनुभयो । छोटी भन्सार कार्यालय विसं २०२० मा स्थापना भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्