२७ जेठ २०८३, बुधबार

धरानमा गाँजासहित १ जना पक्राउ

धरानमा गाँजासहित १ जना पक्राउ

इनरुवा – सुनसरीको धरान उपमहानगरपालिका–११ कल्याण चोकबाट मंगलबार लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटा आहाले–९ का ४० वर्षीय शिवबहादुर राईलाई पक्राउ गरेको हो । 

शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा १ किलो गाँजा र ५३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्