०३ असार २०८३, बुधबार

जलेको अवस्थामा मोटरसाइकल भेटियो

जलेको अवस्थामा मोटरसाइकल भेटियो

कञ्चनपुर–शुक्लाफाँटा नगरपालिका–१ बन्साहमासे४प ३४३० नंको मोटरसाइकल जलेको अवस्थामा आज फेला परेको छ । 

सामुदायिक वनछेउ बिहान अज्ञात व्यक्तिले जलाएर बेवारिसे अवस्थामा छाडेको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । 
मोटरसाइकल पूरै जलेको अवस्थामा रहेको जनाइएको छ । 

यसैबीच भीमदत्तनगरपालिका–१९ धर्मभक्त टोलमा जङ्गली हात्तीको झुण्डले आज अपराह्न एक बिघा जग्गाको काटिएको धान पूरै खाएर नोक्सान गरेको छ । 

काटेर कुनिया बनाएर राखिएको धान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले नोक्सान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धान पूरै खाएपछि हात्तीको झुण्ड निकुञ्जतर्फ लागेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्