२१ जेठ २०८३, बिहीबार

दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति

असोज ३१, २०७५
दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति
फाइल तस्बिर

दाङ–तुलसीपुर बजारमा छाडा चौपाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुनेगरेको छ । बजारका मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । 
ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै आवागमनमासमेत समस्या हुने गरेको छ । बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु छाडा छोडिएका छन् । 

तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आएकी मीना भण्डारीले आफूलाई चौपायाले निकै सास्ती दिने गरेको बताइन् । उनले भनिन्, “पसलमा ग्राहक फलफूल किन्न आएका हुन्छन्, आफू व्यस्त हुन्छु, गाई आएर खाइदिने हुँदा समस्या हुने गरेको छ । 

छाडा चौपायाले बालीनाली नोक्सान गर्नुका साथै सडकमा जताजतै बस्ने भएका कारण आवातजावत गर्ने सवारी साधनदेखि सर्वसाधारणलाई समेत समस्या हुने गरेको तुलसीपुर निवासी नीरा ढुङ्गानाले बताइन् ।

उनले भनिन्, “दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति बढेका कारण आफूहरूले समस्या खेप्नुपरेको छ”, तुलसीपुर निवासी हरि अधिकारीले छाडा चौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कुनै साचो नदिएको गुनासो गरे । 
उनले भने, “अहिले तुलसीपुर बजार क्षेत्रमा १०० को हाराहरीमा छाडा चौपाया रहेको र तीनले निकै सास्ती दिएका छन् ।” 

यस सम्बन्धमा तुलसीपुर उपमहानगरपालिकासँग जिज्ञाशा राख्दा उपप्रमुख माया आचार्यले छाडा चौपायाले नागरिकलाई सास्ती दिएको स्वीकार गर्दै अब छिट्टै व्यस्थापन गर्ने बताइन् । 

उनले तुलसीपुर उपमहानगरपालिका–१२ को शीतलपुरमा गौशाला निर्माणका लागि उपयुक्त स्थान छनोटसमेत गरिसकेकाले अब छिट्टै नै त्यहाँ गौशाला निर्माण गरी छाडा चौपायालाई व्यवस्थापन गरिने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्