०३ साउन २०८३, आइतबार

सातौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ४९२ खेलाडी

कात्तिक २०, २०७४
सातौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ४९२ खेलाडी
भीमदत्तनगर, ३० मङ्सिर - आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् ।rakhepa
सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाएको छ । “मङ्सिर २२ देखि २८ गतेसम्म यहाँ २१ वटा खेलका खेलाडी छनौट गरिएको थियो”, सुदूरपश्चिम क्षेत्रीय समितिका कार्यालय प्रमुख प्रेम मल्लले भने –“यहाँबाट छनौट भएका खेलाडीको नामावली सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयमा पठाइनेछ ।”
उनले सातौँ राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियल गरेर ६ सय चारजना सुदूरपश्चिमबाट सहभागी हुने जानकारी दिए । सुदूरबाट क्रिकेट, बक्सिङ, भलिबल, हक्की, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, खोखो, एथ्लेटिक्स, भारोत्तोलन लगायतका खेलका खेलाडी छनौट भएका छन् । “समूहगतबाट खेलाडी छनौट गर्न छनौट समितिसमेत बनाएका थियौँ”, क्षेत्रीय कार्यालय प्रमुख मल्लले भने ।
राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिममा खेलाडी छनौटका लागि रु एक करोड ७४ लाख रकम पठाएको समेत क्षेत्रीय समितिले जनाएको छ । यहाँको कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ र बाजुरा जिल्लामा क्षेत्रीय खेलाडी छनौट गरिएको थियो ।
त्यसैगरी, सातौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई आवतजावत गर्न बस भाडासँगै खेल पोसाक र प्रतियोगिताका बेला प्रतिदिन रु एकहजार चारसय भत्तासमेत दिने व्यवस्था मिलाइएको मल्लले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्