बाहुबलीबाट चर्चाको शिखरमा पुगेका प्रभासलाई आफ्नो फिल्ममा खेलाउनु सबैको वसको कुरा होइन ।
बाहुबलीको सफतापछि प्रभासको स्टारडम यति धेरै बढेको छ कि कुनै पनि ठूला प्रोड्युसर उनको फिस तिर्न असमर्थ देखिएका छन् । पछिल्लो समय चर्चा छ बलिउडका ठूला उत्पादकमा गनिने करण जोहरको । जोहर प्रभासलाई राखेर फिल्म बनाउन लागि परेका थिए तर प्रभासले एउटा फिल्म खेलेबापत मागेको रकम सुनेर उनी पछि हटेको समाचारहरु सार्वजनिक भएका छन् ।
प्रभासको चर्को शुल्का कारण उनलाई आफ्ना फिल्ममा खेलाउन असमर्थ रहे ।
प्रभासले करणसँग २० करोडे रकम माग गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएका छन् ।
डीएनएको रिपोर्ट अनुसार करण साउथका यी सुपरस्टारलाई हिन्दी फिल्ममा लञ्च गर्न चाहन्थे तर उनी प्रभासको फिस सुनेर पछि हटेका छन् ।
धेरै पैसा माग गर्ने कलाकार
करिना कपुर खान तथा करण जोहर आज निकै राम्रो साथी हुन् तर कुनै सयम उनीहरुबीचको सम्बन्ध पैसाका कारण संकटमा परेको थियो ।
करण, करीनालाई फिल्म कल हो ना होमा लिन चाहन्थे तर करिनाले शाहरुखको बराबरको फिस माग गरिन् । करणले करिनालाई फिल्म मुझसे दोस्ती करोगीको रिलिजको एक दिन पहिला यो अफर गरेका थिए । उनको चर्को मूल्य पछि करणले फिल्ममा प्रीति जिन्टालाई लिएका थिए ।
नवाजुद्दीन सिद्दीलाई अक्षय कुमार स्टारर जली एलएलबी २ मा मुख्य भूमिका दिइएको थियो । तर उनले फिल्मका लागि ३.५ करोड रुपियाको माग गरेका थिए । सानो बजेटको फिल्ममा नवाजले यति धेरै पैसा दिन उत्पादकलाई समस्या थियो ।
बाहुबलीमा माता शिवगामीको रोल पहिला श्रीदेवीलाई अफर गरिएको थियो । तर उनले ६ करोड रुपैयाँ माग गरिन् । यसपछि राम्या कृष्णनले २.५ करोड रुपैयाँमा यो भूमिका निभएकी थिइन् ।
सलमान खानको फिल्म किकका लागि सोनाक्षी सिन्हालाई मन पराइएको थियो । तर सन अफ सरदारको सफतापछि उनको फिसले आकाश छोएको थियो र उनको फिल्म दबंग २ पनि आउने वाला थियो । यसकारण साजिद नाडियाडवालाले दीपिका पादुकोणलाई आग्रह गरे । तर दीपिकासँग कुरा मिलेन र अन्तिममा यो फिल्म ज्याकलिन फर्नान्डिसले हात पारिन् ।
सञ्जय लीला भन्सालीले एक फिल्मका लागि शाहरुख खानलाई आग्रह गरेका थिए । तर शाहरुखले फिल्म खेल्नका लागि ९० करोड रुपैयाँको माग गरे त्यसपछि भन्सालीले यो फिल्म बनाउने योजना नै त्यागदिए ।