
सप्तरी – शुक्रवार सप्तरीमा १ जना एकल महिलाको हत्या भएको छ ।
राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालयका प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा शुक्रवार बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा ६ इन्च लम्बाइ र ४ इन्च चौडाइको गहिरो खत रहेको छ ।
रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।