डाक्टर र स्वास्थ्य विशेषज्ञका सल्लाहअनुसार रुघाको उपचारका लागि एन्टिबायोटिकको प्रयोग उचित होइन ।
उनीहरुका अनुसार, यस्तो संक्रमणको उपचारको लागि औषधीको प्रयोग एक मिथक हो, जसको कुनै आधार छैन ।
चिकित्सकहरुका अनुसार भाइरस नै यस्तो लक्षण देख्नुको प्रमुख कारण हो र एन्टिबायोटिकको प्रयोगले जीवाणुको प्रतिरोधक क्षमता बढ्न जान्छ ।
‘मिथक’
यो एक मिथक हो कि कफ र रुघाको समस्याबाट गुज्रिरहेका व्यक्तिहरुले एन्टिबायोटिकको प्रयोग गर्नु आवश्यक हुन्छ ।
एन्टिबायोटिकप्रति जिवाणुहरुको प्रतिरोध क्षमता विकसित हुँदै गइरहेको छ र हरेक मानिसले सामान्य संक्रमण भएको बेलामा एन्टिबायोटिकको प्रयोगबाट बच्नुपर्दछ ।
‘गम्भीर समस्या’
एन्टिबायोटिकको अत्यधिक सेवन एक गम्भीर जनस्वास्थ्य समस्या हो । चिकित्सककाे भनाइमा संक्रमणको अन्त्यका लागि प्रयोग गरिएका एन्टिबायोटिकलाई संक्रमण आफू अनुकूल बनाउने गर्दछ, जसले गर्दा उपचारको बेअसर हुन पुग्दछ ।
यस्तो अवस्थामा एन्टिबायोटिकको प्रयोग सोचेरमात्र गर्नु उचित हुन्छ ।