काठमाडौं। दशैं सकिएलगत्तै तिहारका गीतहरु सार्वजनिक गर्ने क्रम शुरु भएको छ । यसैक्रममा लोकदोहोरी गायक खुमन अधिकारीले ʻतिहारको रन्कोʼबोलको देउसी भैलो गीत स्रोता तथा दर्शकसामु ल्याएका छन् ।
गीतमा खुमनसंगै सिता थापा, अमृता लुङगेली मगर, मञ्जु गौतम, सावित्रा भुजेल (बस्नेत)ले स्वर दिएका छन् । गीतमा खुमनकै शब्द तथा संगीत छ । मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा खुमन, सुस्मिता सापकोटा, मञ्जु, सावित्रा लगायतलाई देखाइएको छ ।
राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।