२८ जेठ २०८३, बिहीबार

दशैंको नरमाइलो पाटो : युवा विदेशमा, मदिरा गाउँ–गाउँमा

कात्तिक ६, २०७५
दशैंको नरमाइलो पाटो : युवा विदेशमा, मदिरा गाउँ–गाउँमा

दैलेख – विजयादशमी हर्षाेल्लासपूर्वक मनाइएको छ । पूर्णिमासम्म आफन्त र मान्यजनबाट टीका लगाउने कार्य भइरहेको छ ।

दशैंमा हर्षाेल्लास हुनुपर्ने भएपनि ग्रामीण क्षेत्रमा दशैंको केही नरमाइलो पाटो पनि देखियो । 

सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का ८९ वर्षीय रमेश शाहीले अधिकांश युवा वैदेशिक रोजगारीमा भएका कारण दशैं नरमाइलो लागेको बताए । ‘गाउँघरमा मनाइने दशैंमा निराशा बढ्दै गएको छ,’ उनले भने, ‘गाउँमा बुढापाका मात्रै छन् । यसले पनि होला दशैंमा रमाइलो नभएको ।’

दैलेखको आठबीस नगरपालिका–४ का ८० वर्षीयका नहकुल माझीले दशैंमा विकृति बढेको बताए । ‘दशैंमा अहिलेका युवामा विकृति बढेको मेरो अनुभव छ । हरेकले मदिरा सेवन गर्ने प्रचलन बढेको मैले पाएँ,’ उनले भने ।

पञ्चपुरी नगरपालिकाका शाहीले उहिलेको दशैं र अहिलेको दशैंमा आकाश पातालको फरक भएको बताए । ‘उतिबेला दशैं आउनु महिना दिन पहिले नै चर्चा परिचर्चा हुने गर्दथ्यो,’ उनले भने, ‘तर, अहिले भने दशैंको सप्तमी, अष्टमी र टिकाको दिनमा मात्र रमाइलो हुन्छ ।’

उनका पालामा दशैं आउनुअघि नै पिङ खेलने प्रचलन थियो । ‘हामी मेलामा गएर बाबियो ल्याई बाटेर रुखमा पिङ हाल्ने गर्थ्यौं,’ उनले भने, ‘अहिले त्यो प्रचलन गाउँमा करीब–करीब हराएको छ ।’

दशैंलाई मिलनको पर्वको रुपमा लिनुपर्नेमा भड्किलो पर्वको रुपमा लिन थालिएको बताए । ‘उतिबेला दशैंमा सबैले एक जोर नयाँ कपडा लगाउने र आफन्तसँग मिलेर मिठो मसिनो खाने प्रचलन हुन्थ्यो, उनले भने, ‘तर, अहिले भने हरेकले घरमा खसी काट्नैपर्ने जस्तो बाध्यात्मक परिस्थिति सिर्जित हुँदै गएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्