३१ असार २०८३, बुधबार

यी हुन् पोखरा प्रिमियर लिगमा खेल्ने भारतीय क्रिकेट खेलाडी

कात्तिक ७, २०७५
यी हुन् पोखरा प्रिमियर लिगमा खेल्ने भारतीय क्रिकेट खेलाडी

काठमाडौँ– यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । 

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौँमासमेत खेलिसकेका छन् । 

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । चितवन राइनोजको टोलीको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्