०३ असार २०८३, बुधबार

जिप दुर्घटनामा एकको मृत्यु, १६ घाइते (नामावलीसहित)

कात्तिक ७, २०७५
जिप दुर्घटनामा एकको मृत्यु, १६ घाइते (नामावलीसहित)

गुल्मी- गुल्मीमा आज साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

मृत्युहुनेमा इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसी रहेको छ । इस्मा गाउँपालिका– २ छल्दी पनाहा नजिकै डबल क्याप भएको लु १ च ७३७० नं जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका केसीको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रोशन खड्काले बताए । 

दुर्घटनामा परेर इस्मा गाउँपालिका– २ पालुखाका ६५ वर्षीय बेलकुमारी कँुवर, १४ वर्षीय रविन कँुवर, ५२ वर्षीया कमला केसी, ३३ वर्षीया कल्पना राना, ११ वर्षीय विशाल थापा, १४ वर्षीया पवित्रा केसी, २६ वर्षीया करिश्मा कँुवर, २९ वर्षीय चालक प्रेम कँुवर, १२ वर्षीय अर्जुन केसी, १३ वर्षीय रेशम केसी, १९ वर्षीया अनुसा पन्थी, १२ वर्षीया कविता मुखिया, आठ वर्षीया सुस्मा मुखिया र ५९ वर्षीया कमला पन्थी घाइते भएका छन् । 

जिप जिल्ला सदरमुकाम तम्घासबाट पालुखा जाँदै गरेको थियो । जोगिथुमबाट पूर्णिमा मेला हेरेर फर्किने जिपमा यात्रु धेरै चढेको र उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देविप्रसाद पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्